Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त

एनएमबि लघुवित्तको सीईओमा सजल खड्का नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई आगामी चार वर्षका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सीईओ खड्काको नियुक्ति सोही दिनबाटै लागू भइसकेको कम्पनीले जनाएको छ।

वित्तीय तथा बैंकिङ क्षेत्रमा लामो समय काम गरेको अनुभव रहेको खड्कासँग उनको नेतृत्वमा संस्थाको सेवा विस्तार, वित्तीय सुदृढीकरण र रणनीतिक विकासले नयाँ उचाइ लिने विश्वास कम्पनीको छ ।

एनएमबि लघुवित्तले ग्रामीण तथा दुर्गम क्षेत्रका ग्राहकलाई लक्षित गरि वित्तीय पहुँच विस्तार गर्दै आएको छ । नयाँ नेतृत्वसँगै संस्थाले प्रविधिमैत्री सेवा, ऋण प्रवाह व्यवस्थापन तथा समग्र संस्थागत सुशासनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit