Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धरले सम्हाले कार्यभार

मुक्तिनाथ विकास बैंकका सीईओ तारा मानन्धरले सम्हाले कार्यभार
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य प्राप्ति, उच्चस्तरीय ग्राहक सेवा र कर्मचारीहरूको मनोबल उच्च राख्दै बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

विज्ञापन
Advertisement
Advertisement

उनले शुक्रबारबाट औपचारिक रूपमा पदभार ग्रहण गरेको बैंकले जनाएको छ । नवनियुक्त सीईओ मानन्धरसँग बैंकिङ्ग र व्यवस्थापन क्षेत्रमा लामो तथा सफल अनुभव रहेको छ। यसअघि उनले विभिन्न वाणिज्य बैंकहरूमा उच्च व्यवस्थापकीय तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् भने पछिल्लो समय उनी डिस मिडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

मानन्धरको नेतृत्वले बैंकको संस्थागत सुशासन, रणनीतिक विकास र दिगो बैंकिङ्ग अभ्यासलाई थप मजबुत बनाउने बैंकले विश्वास व्यक्त गरेको छ । उनको कार्यकालमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने र ग्राहकहरूले अझ उत्कृष्ट वित्तीय सेवा पाउने अपेक्षा राखेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जनाए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit