Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

पोखरामा भित्रियो चर्चित इलेक्ट्रिक स्कुटर एम्पीयरको नयाँ मोडल नेक्सस ईएक्स

पोखरामा भित्रियो चर्चित इलेक्ट्रिक स्कुटर एम्पीयरको नयाँ मोडल नेक्सस ईएक्स
विज्ञापन
Advertisement

पोखरा । भारतको प्रतिष्ठित विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा पनि आधिकारिक रूपमा उपलब्ध भएको छ। नेपालका लागि एम्पीयरको आधिकारिक बिक्रेता श्री एसटीसी अटो सोलुसन प्रा. लि.(एसटीसी ग्रुप) ले पोखरामा आफ्नो सेवा विस्तार गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रा. लि. ले आधिकारिक डिलरका रूपमा वैशाख ३१ गतेदेखि एम्पीयरको नयाँ मोडल नेक्सस ईएक्स को बिक्री–वितरण सुरु गरेको कम्पनीले जनाएको छ।

भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी द्वारा उत्पादित एम्पीयरले विगत १५ वर्षदेखि विद्युतीय दुईपांग्रे सवारी उत्पादन गर्दै आएको छ। एम्पीयरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन र विश्वस्तरीय गुणस्तरका लागि परिचित छन्।

एम्पीयर नेक्सस ईएक्समा ३ किलोवाट आवरको लिथियम फेरोफोस्फेट ब्याट्री प्रयोग गरिएको छ। एक पटकको फुल चार्जमा यसले १३६ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

पावर ः स्कुटरमा ३.९ किलोवाट क्षमताको मिड–माउन्ट मोटर रहेको छ। यी स्कुटरहरूमा तापक्रम सहन सक्ने क्षमता ४० डिग्रीदेखि ६० डिग्री सेल्सियस सम्मको तापक्रममा परीक्षण गरिएका छन्, जसले गर्दा नेपालको विविध मौसमका लागि यो उपयुक्त रहेको कम्पनीको भनाइ छ। यस्तै, करिब ३ घण्टा ३० मिनेटमा यो स्कुटर पूर्ण चार्ज गर्न सकिन्छ। ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध रहेको जनाइएको छ।

नेक्सस ईएक्समा रिभर्स मोडसहित पाँचवटा राइडिङ मोड, एलोय ह्वील, डिस्क ब्रेक, अल–एलईडी लाइट र यूएसबी चार्जर जस्ता आधुनिक फिचरहरू छन्। यसको मजबुत च्यासिस र ट्वीन सस्पेन्सनले यात्रालाई आरामदायी बनाउँछ। कम्पनीले एम्पीयर नेक्सस ईएक्सको मूल्य तीन लाख पैँतीस हजार रुपैयाँ तोकिएको छ ।

पोखरामा शोरुम सञ्चालनमा आएसँगै यहाँका ग्राहकहरूले आधुनिक र किफायती विद्युतीय सवारीको अनुभव लिन पाउने विश्वास कम्पनीले लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit