Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

जरंखुमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा

जरंखुमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यस शोरुमको उद्घाटन बिहीबार (वैशाख ३१ गते) भएको हो ।

शोरुमको उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड लयना लोइटेलले संयुक्त रूपमा गरे । यो शोरुम विशेष गरी घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूलाई ध्यानमा राखेर तयार पारिएको छ। यहाँ ग्राहकले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष हेरेर आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्।

उद्घाटनका क्रममा निर्देशक हिमांशु अग्रवालले भने,‘हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाडौंका उपभोक्ताहरूसम्म पुग्ने हाम्रो प्रयासको एउटा महत्त्वपूर्ण हिस्सा हो। हामी तारकेश्वरका बासिन्दाहरूको घर निर्माण वा सजावटको सपनालाई गुणस्तरीय टायल्समार्फत साकार पार्न प्रतिबद्ध छौँ।’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति रहेको थियो।

हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल रहेको छ। कम्पनीले ३,००० भन्दा बढी डिजाइनमा ग्लेज्ड भिट्रिफाइड टायल्स र सेरामिक वाल टायल्स उपलब्ध गराउँदै आएको छ। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो र आधुनिक डिजाइनका रहेका छन्। जरंखु र आसपासका क्षेत्रका बासिन्दाहरूलाई अब टायल खरिदका लागि टाढा जानु नपर्ने र आधुनिक डिजाइनको अनुभव लिन शोरुमले ठूलो सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit