Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

मुक्तिनाथ विकास बैंकद्वारा २० थान व्हीलचेयर सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा २० थान व्हीलचेयर सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थालाई व्हीलचेयर सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै स्वास्थ्य सेवालाई सहज बनाउन र समावेशी बनाउने उद्देश्यले कुल २० थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।

बैंकले कैलालीको धनगढी–०१ स्थित सेती प्रादेशिक अस्पताललाई १० थान व्हीलचेयर बुझाएको छ। उक्त सहयोगबाट अस्पतालमा उपचारका लागि आउने आकस्मिक बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुल गर्न कठिनाइ हुने सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ । यसले अस्पतालमा सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुर्‍याउनेछ ।

यसैगरी, बैंकले गोकर्णेश्वरमा रहेको युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हीलचेयर प्रदान गरेको छ । यस सहयोगले फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहारा मिल्ने र उनीहरूको सम्मानपूर्ण तथा समावेशी जीवनयापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार, मुक्तिनाथ विकास बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit