Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

काठमाडौंमा ‘एक्सट्रीम स्याटर्डे’ १९औं दरबारमार्ग सडक महोत्सव आयोजना हुँदै

काठमाडौंमा ‘एक्सट्रीम स्याटर्डे’ १९औं दरबारमार्ग सडक महोत्सव आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको मुटु मानिने दरबारमार्गमा आगामी जेठ ९ गते शनिबार ‘१९औं दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा हुन लागेको यस उत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’ का रूपमा अझ उत्साहजनक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।

दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि सर्वसाधारणले स्ट्रिट फेस्टिभलको नि:शुल्क मजा लिन पाउनेछन्।

पारिवारिक र युवामैत्री वातावरणलाई ध्यानमा राख्दै महोत्सवमा बालबालिकाहरूका लागि विभिन्न खेलहरू बास्केटबल, इ–स्पोर्ट्स परम्परागत सांस्कृतिक झाँकीहरू, कस्पले र रमाइला फोटो बुथहरू राखिने छन् । यसैगरी, स्वादिष्ट एवं विविध परिकारका फूड स्टलहरू र रिफ्रेसिङ पेय पदार्थहरूको व्यवस्था सँगै मुख्य स्टेजका साथै सहायक स्टेजहरूमा डिजेसहितको सांगीतिक माहोल बनाइने जनाइएको छ।

यस पटकको सांगीतिक साँझलाई थप रोमाञ्चक बनाउन नेपालका चर्चित कलाकार तथा ब्याण्डहरूले स्टेज सञ्चालन गर्नेछन्। जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एस टी म्यान, जे अथर
सालिन मगर एण्ड ब्याण्ड ,प्रिजोल नेपाली एण्ड सरर तथा गन एल्भिसका साथमा लोकप्रिय प्रस्तोताहरू रेमन दास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले कार्यक्रम सञ्चालन गर्नेछन्।

काठमाडौंको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले सधैँ एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कको सहकार्यसँगै यस वर्षको‘एक्सट्रीम स्याटर्डे’ अहिलेसम्मकै सबैभन्दा उत्साहजनक, भव्य र यादगार हुने आयोजकको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit