Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जेनेसिस भेन्चर्सले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सनराईज क्यापिटललाई

जेनेसिस भेन्चर्सले आईपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सनराईज क्यापिटललाई
विज्ञापन
Advertisement

काठमाडौं । जेनेसिस भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आफ्नो प्रस्तावित २५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराईज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यससम्बन्धी सम्झौता पत्रमा लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब जेनेसिस भेन्चर्सको आगामी आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्यहरू लक्ष्मी सनराईज क्यापिटलले गर्नेछ। यो साझेदारीले नेपालको पूँजी बजारलाई थप सुदृढ बनाउनुका साथै आम सर्वसाधारणका लागि लगानीको नयाँ र सुरक्षित अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको दुवै कम्पनीले जनाएका छन् ।

जेनेसिस भेन्चर्स लिमिटेड एक निजी बाजार लगानी कम्पनी हो, जसको मुख्य कार्य नेपालका सूचीकरण नभएका इक्विटी अवसरहरूमा रणनीतिक लगानी गर्नु हो। कम्पनीले विशेष गरी उच्च–बृद्धि सम्भावना भएका क्षेत्रहरू र दीर्घकालीन मूल्य सिर्जना गर्न सक्ने व्यवसायहरू पहिचान गरी तिनमा लगानी केन्द्रित गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit