Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब, बिमा शुल्कबाट राज्यलाई एक खर्ब २७ अर्ब राजस्व

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब, बिमा शुल्कबाट राज्यलाई एक खर्ब २७ अर्ब राजस्व
विज्ञापन
Advertisement

काठमाडौं । जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क ३२ अर्ब ५३ करोड बराबर सङ्कलन भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ। गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ। चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ।

निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ। बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन् । निर्जीवन बिमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनःबिमा अभिकर्ताले रोजगारी पाएका छन् ।

सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड

यसैगरी, गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ । सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ । कोषले विभिन्न क्षेत्रमा गरी दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ । यस्तै रु तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।

सर्वेक्षण अनुसार गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब १९ अर्ब ५० करोड रुपैयाँ बराबर पुगेको छ। सो अवधिमा बचतकर्ताको सञ्चित रकम दुई खर्ब ८२ अर्ब ३७ करोड बराबर छ । कोषले विभिन्न क्षेत्रमा एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ । ९१ अर्ब ५६ करोड रुपैयाँ बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit