Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

कानुनी दायराभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास र सेवा विस्तारमा केन्द्रित हुने अध्यक्ष घिमिरेको प्रतिबद्धता

कानुनी दायराभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास र सेवा विस्तारमा केन्द्रित हुने अध्यक्ष घिमिरेको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष अर्जुन घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार नवनियुक्त अध्यक्ष घिमिरेलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनलाई प्राधिकरणको नेतृत्वमा नियुक्त गरिएको हो।

नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट भई जिम्मेवारीमा आएकाले सरकारको उच्च अपेक्षा रहेको बताए।

त्यसैगरी, सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रका समस्या समाधानमा विशेष ध्यान दिन र कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन समेत दिएका छन्। नागरिकको स्वार्थ र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर अधिकारको दुरुपयोग नगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने उनले बताए। घिमिरेले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने उल्लेख गर्दै आवश्यक निर्णय लिन आफू दृढतापूर्वक अघि बढ्ने स्पष्ट पारेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit