Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

सुनको भाउ तोलामा आठ सय रूपैयाँ वृद्धि, चाँदीको पनि बढ्यो

सुनको भाउ तोलामा आठ सय रूपैयाँ वृद्धि, चाँदीको पनि बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार तोलामा १२ सय रूपैयाँले घटेर कारोबार भएको सुनको भाउ बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा ५५ रूपैयाँ बढी हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit