Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

नयाँ आर्थिक वर्षको पहिलो दिनमा शेयर बजार ७९.७४ अंकको उछाल, सबै उपसमूहको सूचकमा हरियाली

नयाँ आर्थिक वर्षको पहिलो दिनमा शेयर बजार ७९.७४ अंकको उछाल, सबै उपसमूहको सूचकमा हरियाली
विज्ञापन
Advertisement

काठमाडौं । लामो समयदेखि प्यानिक अवस्थामा रहेको शेयर बजारमा शुक्रबार उछाल आएको छ । नेप्से परिसूचक ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ विन्दुमा आइपुगेको छ । बजार उच्च अंकले बढे पनि कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ भएको छ । लगानीकर्ताहरु बजार ‘पर्ख र र हेर’को अवस्थामा रहेपछि कारोबार रकम उल्लेख बढ्न नसकेको हो ।

विज्ञापन
Advertisement
Advertisement

योदिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ । सर्वाधिक बढ्ने उपसमूहमा उत्पादनमूलक र जलविद्युत उपसमूह रहेका छन् । यो दिन श्रीनगर एग्रिटिच इन्ड्रटिज,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिीक,शिखर पावर डेभलपमेन्ट, रिजलाइन इनर्जी र मिड सोलु हाइड्रो पावर कम्पनीको १२.०५ प्रतिशतदेखि १५ प्रतिशतसम्मले बढेको छ ।

उच्च अंकले बढेको बजारमा पनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ८.७२ प्रतिशतले घटेको छ । यो दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पेनिङ मिल्स, रिडी पावर कम्पनी, न्यादी ग्रुप पावर कम्पनीको १४ करोड ८५ लाख रुपैयाँदेखि २२ करोड २३ लाख रुपैयाँसम्मको कारोबार भएकोछ ।

अघिल्लो दिन विहिबार प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर बीच भेटवार्ता भएको थियो । उनीहरु नेपालको शेयर बजारमा ल्याउन सकिने सुधारका योजनाहरुलाई कार्यान्वयन गर्न आग्रह गरेका थिए । साथै आजै मात्रै वाणिज्य बैंकहरुले ब्याजदर थप घटाएका छन् । त्यसले पनि लगानीकर्ता थप सहज भएको हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit