Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

नेकपाका खगराज भट्ट बने सुदूरपश्चिमको मुख्यमन्त्री

नेकपाका खगराज भट्ट बने सुदूरपश्चिमको मुख्यमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ शुक्रबार अपराह्न ३ बजे हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि भट्टले सुदूरपश्चिमका जनताको नेतृत्व गर्ने अवसर पाउनु खुसीको विषय भए पनि चुनौतीको भारीले थिचिएको महसुस भएको बताए । नवनियुक्त मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका जनतालाई केन्द्रमा राखेर प्रदेश सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएका थिए। नेकपा एमाले र नेकपाबीच गठबन्धन बनेपछि प्रदेशसभामा अल्पमतमा परेका शाहले राजीनामा दिएका हुन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit