Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा २५ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कामना सेवा विकास बैंक लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख गरी कुल २५ लाख सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सहयोगले बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैंकले विपद् प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को कठिन घडीमा प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई समन्वय र सहकार्यका साथ सहयोग गर्न बैंकले आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit