Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा ६२ लाख सहयोग

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा प्रधानमन्त्री राहत कोषमा ६२ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको भदौ १६ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलबबाट ११ लाख रुपैयाँ सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेका छन्। यससँगै कम्पनी र कर्मचारीबाट कोषमा कुल ६२ लाख रुपैयाँ सहयोग पुग्नेछ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ।

कम्पनीले संकटको यस घडीमा प्रभावित नागरिक तथा परिवारसँग साथ र सहानुभूति प्रकट गर्दै सहयोगलाई सामाजिक उत्तरदायित्वअन्तर्गतको सानो प्रयासका रूपमा लिएको जनाएको छ।

कम्पनीले स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न संकट, प्राकृतिक विपद् तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ।

साथै, बाढी प्रभावित परिवारको सुरक्षित उद्धार तथा घरबारविहीन परिवारको पुनःस्थापना यथाशीघ्र गर्नुपर्नेमा कम्पनीले जोड दिएको छ। बाढीका कारण ज्यान गुमाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना समेत कम्पनीले प्रकट गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit