काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ लाख ५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ ।
संस्थाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ। संस्थाका कर्मचारीको एक दिनको पारिश्रमिक तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रकम सहयोग गरिएको सीईओ संजयकुमार मण्डलले जानकारी दिए ।
संस्थाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्तले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा वित्तीय सेवा दिँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्