काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएको अवस्थामा तत्काल राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।
सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरणका क्रममा विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि भइरहेका सरकारी प्रयासमा आफ्नोतर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
शाओमी नेपालले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आफ्नो सहयोगले राहत तथा उद्धारका कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
कम्पनीले ‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित नेपाली समुदायको सुख–दुःखमा साथ दिँदै आएको र आगामी दिनमा समेत आवश्यक सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।















प्रतिक्रिया दिनुहोस्