Advertisement
Advertisement
Corporate Samachar
२८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

दुई दिनमा ८८ सय घटेको सुन आज २ हजार ८ सय रुपैयाँले बढ्यो

दुई दिनमा ८८ सय घटेको सुन आज २ हजार ८ सय रुपैयाँले बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार २ हजार ८ सय रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ थियो। पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको छ। मंगलबारसम्म दुई कारोबार दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit