Advertisement
Advertisement
Corporate Samachar
२८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

नेपालगञ्जमा जेसीबीको ‘एग्रिम्याक्स’ सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण

नेपालगञ्जमा जेसीबीको ‘एग्रिम्याक्स’ सार्वजनिक, १० ग्राहकलाई मेसिन हस्तान्तरण
विज्ञापन
Advertisement

नेपालगञ्ज । नेपालमा जेसीबी निर्माण उपकरण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै नेपालगञ्जमा जेसीबीको नयाँ कृषि तथा सामग्री ओसारपसारसम्बन्धी मेसिन ‘एग्रिम्याक्स’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजना गरेको ‘प्रगतिका साझेदार’ नामक कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरेको हो। कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लू अर्थमुभर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा एग्रिम्याक्सको अनावरण गरेका थिए।

जेसीबी एग्रिम्याक्स विभिन्न प्रकारका सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि तयार पारिएको बहुउपयोगी मेसिन हो। यसमा विभिन्न कामअनुसार परिवर्तन गर्न मिल्ने उपकरण जडान गर्न सकिन्छ। घाँस तथा परालका मुठा उठाउने उपकरण, ठूलो क्षमताका सोभेल र क्ल्याम्प प्रयोग गर्न मिल्ने भएकाले यो मेसिन कृषि क्षेत्रदेखि औद्योगिक प्रयोजनसम्म उपयोगी हुने कम्पनीले जनाएको छ।

विशेषगरी कृषि, प्लाइउड उद्योग, तयारी कंक्रिट उत्पादन केन्द्र, क्रसर उद्योग, ढुंगा, गिट्टी तथा बालुवा डिपो, उखु तथा कोइला उद्योग र मेसिन भाडामा उपलब्ध गराउने व्यवसायमा यसको प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

कार्यक्रममा जेसीबीका अन्य उत्पादनसमेत प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा जेसीबी ३डीएक्स सुपर, जेसीबी २२५ एलसीएम एक्साभेटर र जेसीबी जेनेरेटर राखिएका थिए। यी उपकरणले निर्माण, माटो तथा ढुंगा खन्ने र विद्युत् उत्पादनसम्बन्धी विभिन्न आवश्यकताका लागि कम्पनीका उत्पादनहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमको अर्को आकर्षणका रूपमा १० जना ग्राहकलाई जेसीबीका मेसिन हस्तान्तरण गरिएको थियो। एमएडब्लू अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए।

१० ग्राहकलाई एकै कार्यक्रममा मेसिन हस्तान्तरण गरिनुले पश्चिम नेपालमा जेसीबीका उत्पादनप्रति ग्राहकको चासो र व्यावसायिक साझेदारी विस्तार भइरहेको संकेत गरेको कम्पनीले जनाएको छ।

नयाँ एग्रिम्याक्स सार्वजनिक गर्नुका साथै विभिन्न उत्पादन प्रदर्शन र ग्राहकलाई मेसिन हस्तान्तरण गरिएको यस कार्यक्रमले पश्चिम नेपालको कृषि, निर्माण तथा औद्योगिक क्षेत्रमा आवश्यक उपकरण उपलब्ध गराउने कम्पनीको प्रयासलाई थप विस्तार गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit