Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात
झिलिमिली घोराही बजार दाङ,२२ असोजः तिहारको लक्ष्मीपूजाका दिन आइतबार ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार तथा आसपासका भूभाग। तस्बिरः कुलदीप न्यौपाने/रासस
विज्ञापन
Advertisement

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालको विद्युत्‌को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार कात्तिक २२ गते साँझ ६ः१५ बजे विद्युत्‌को उच्चतम माग रेकर्ड गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त समयमा नेपालमा कुल २ हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भएको थियो । आन्तरिक माग पूरा गरेपछि बाँकी ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको प्राधिकरणले जनाएको छ । आन्तरिक खपत र निर्यातसहित त्यसबेला विद्युत् प्रणालीको कुल भार २ हजार ४००.३० मेगावाट पुगेको थियो ।

कुल विद्युत् उत्पादनमध्ये निजी क्षेत्रका आयोजनाबाट सबैभन्दा बढी १ हजार ५३६.५० मेगावाट उत्पादन भएको थियो । त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् उत्पादनका लागि तापीय आयोजनाको प्रयोग गर्नुपरेन भने भारतबाट पनि विद्युत् आयात गर्नुपरेन । यसले नेपालको आन्तरिक विद्युत् उत्पादनले नै देशको माग धान्नुका साथै ठूलो परिमाणमा विद्युत् निर्यात गर्न सक्ने अवस्था बनेको देखाउँछ ।

यस वर्ष लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकाको विद्युत् माग ४८९.५० मेगावाट पुगेको थियो । उक्त समयमा विद्युत् प्रणालीको आवृत्ति ५०.१२० हर्ज कायम रहेको र प्रणालीमा कुनै अवरोध नदेखिएको प्राधिकरणले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् माग ६८ मेगावाटले बढेको छ । २०८२ कात्तिक ३ गते परेको लक्ष्मीपूजाका दिन विद्युत्‌को उच्चतम माग १ हजार ७४५ मेगावाट थियो ।

त्यतिबेला कुल विद्युत् उत्पादन २ हजार ७६० मेगावाट पुगेको थियो भने १ हजार १५ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । काठमाडौं उपत्यकाको विद्युत् माग ४०२.४९ मेगावाट रहेको थियो ।

त्यसैगरी, २०८१ कात्तिक १५ गतेको लक्ष्मीपूजामा राष्ट्रिय विद्युत् माग १ हजार ६०२.२० मेगावाट रहेको थियो । उक्त वर्ष कुल विद्युत् उत्पादन १ हजार ८५५ मेगावाट पुगेको थियो भने २५२.९० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । काठमाडौं उपत्यकाको माग ३८०.५० मेगावाट थियो ।

तीन वर्षको तथ्याङ्कले लक्ष्मीपूजाका दिन नेपालको विद्युत् माग निरन्तर बढ्दै गएको देखाएको छ । यस अवधिमा काठमाडौं उपत्यकाको मागसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ । पछिल्ला वर्षमा विद्युतीय उपकरणको प्रयोग र विद्युत् खपत विस्तार हुँदै जाँदा आन्तरिक उत्पादनले बढ्दो माग पूरा गर्नुका साथै अतिरिक्त विद्युत् निर्यात गर्न सक्ने अवस्था बनेको छ । नेपालको ऊर्जा क्षेत्रमा उत्पादन क्षमता विस्तार र विद्युत् निर्यातको सम्भावना बढ्दै गएको यस तथ्याङ्कले देखाउँछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit