काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको कात्तिक २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको कुल लाभांशमध्ये १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।
प्रस्तावित लाभांश कम्पनीको हाल कायम चुक्ता पुँजीका आधारमा वितरण गर्न लागिएको हो । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यद्यपि, सञ्चालक समितिबाट प्रस्तावित लाभांश तत्काल वितरण हुने छैन । कम्पनीको आगामी १५औँ वार्षिक साधारण सभाबाट प्रस्ताव अनुमोदन भएपछि मात्र शेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
लाभांश प्रस्ताव पारित भएमा शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर संख्याका आधारमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश पाउँनेछन् ।














प्रतिक्रिया दिनुहोस्