Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

आकाश क्यापिटलको नाम परिवर्तन, अब ‘कामना सेवा क्यापिटल’ हुने

आकाश क्यापिटलको नाम परिवर्तन, अब ‘कामना सेवा क्यापिटल’ हुने
विज्ञापन
Advertisement

काठमाडौं । आकाश क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गरिने भएको छ। कम्पनीको आठौँ वार्षिक साधारण सभाले नाम परिवर्तनसहित पुँजी वृद्धि, संस्थागत सुदृढीकरण र व्यावसायिक कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको वार्षिक साधारण सभा सोमबार ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटलको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनी बनाएपछि सम्पन्न भएको यो पहिलो साधारण सभा हो । सभाले कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचान झल्काउने उद्देश्यले नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरेको जनाएको छ। आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालनमा आउनेछ ।

त्यस्तै, कम्पनीको पुँजी वृद्धि, संस्थागत क्षमता सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ । यी निर्णयले कम्पनीको पुँजीगत आधार बलियो बनाउनुका साथै आगामी दिनमा नयाँ लगानीका अवसर पहिचान र व्यावसायिक गतिविधि विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२र८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणहरू समेत पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३र८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त भएका कर्मचारीहरूको नियुक्तिलाई समेत सभाले अनुमोदन गरेको छ । बैंकको सहायक कम्पनीका रूपमा अघि बढ्न लागेको कामना सेवा क्यापिटलले आगामी दिनमा मर्चेन्ट बैंकिङ तथा पुँजी बजारसम्बन्धी वित्तीय सेवाको दायरा विस्तार गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ ।

कम्पनीले संस्थागत क्षमता अभिवृद्धि र व्यावसायिक विविधीकरणमार्फत नेपालको पुँजी बजारको विकासमा योगदान पुर्‍याउने तथा लगानीकर्तालाई विभिन्न वित्तीय सेवा र लगानीका अवसर उपलब्ध गराउने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit