Advertisement
Advertisement
Corporate Samachar
११ मंसिर २०८३, शुक्रबार
Advertisement
Advertisement

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विज्ञापन
Advertisement

काठमाडौं।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ंयुरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ ०२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४ रुपैयाँ ५० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit