Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

अग्नी मोटोइंकले सार्वजनिक गर्यो फ्रेन्च मोटोसाइकल्स प्यूजो स्कुटर, कति पर्छ मूल्य ?

अग्नी मोटोइंकले सार्वजनिक गर्यो फ्रेन्च मोटोसाइकल्स प्यूजो स्कुटर, कति पर्छ मूल्य ?
विज्ञापन
Advertisement

काठमाडौं । अग्नी मोटोइंकले नेपाली बजारमा प्रसिद्ध फ्रेन्च ब्रान्ड प्यूजोको स्कुटर ल्याएको छ । मंगलबार एक विशेष कार्यक्रमकाबिच १२५ वर्षको इतिहास भएको उक्त फ्रेन्च मोटोसाइकल्स प्यूजो सार्वजनिक गरिएको हो । नेपाल अग्नि मोटोइंक अग्नी ग्रुपको सहायक कम्पनी हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली बजारमा उपलब्ध हुने प्युजोले नेपाली ग्राहकहरुलाई फ्रेन्च आकर्षण, नविनतम प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने प्युजो अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले बताए ।

उनले भने, ‘प्यूजो स्कुटर भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो । यी स्कुटर केवल साधन मात्र नभई एक जीवनशैली हुन
। हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कुटर ल्याउन पाउँदा खुशी छौँ । प्यूजो मोटसाइकल्सको नेपालमा प्रवेशले दुई पाङग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको सङ्केत गर्दछ ।’

सुरुमा काठमाडौं उपत्यका भित्रका ग्राहक लक्षित गरि अल्ट्रा–प्रिमियम स्कुटरहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ। यद्यपि, आगामी दिनहरूमा प्युजो मोटरसाइकल अन्य मोडलहरूमा ल्याउने समेत योजनामा रहेको महाप्रबन्धक मिश्रले बताए ।

१५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ भएको स्पीडफाइट स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रुपैयाँ तोकिएको छ । खैरो÷कालो र निलो/ पहेँलो गरी दुई रङहरूमा उपलब्ध छ ।

यस्तै, १२५ सीसीको जङ्गो मोटोसाइकललाई भने पाँच लाख ७१ हजार रुपैयाँ पर्ने छ । यो निलो/ सेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी ४ रंगमा उपलब्ध छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit