Advertisement
Advertisement
Corporate Samachar
२८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी
विज्ञापन
Advertisement

पोखरा । नेपालमा महिला राइडरहरूको सहभागिता र साहसिक मोटरसाइकल यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा।लि।ले आयोजना गरेको चारदिने राइडमा ४० महिला राइडर सहभागी भएका थिए।

गत कात्तिक १२ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त राइड पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भई मुस्ताङसम्म पुगेको थियो। यात्राका क्रममा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य तथा साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।

महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

राइडले महिला राइडरहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा सामुदायिक भावनालाई समेत थप बलियो बनाएको छ।

रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ। विभिन्न राइड तथा समुदाय केन्द्रित कार्यक्रममार्फत मोटरसाइकलप्रेमीहरूलाई जोड्दै आएको कम्पनीले महिला राइडरहरूको सहभागितालाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ।

अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने र रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit