Advertisement
Advertisement
Corporate Samachar
२९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

मेटलाइफको बीमाशुल्क आर्जन बढ्दा नाफा ४६ प्रतिशत घट्यो

मेटलाइफको बीमाशुल्क आर्जन बढ्दा नाफा ४६ प्रतिशत घट्यो
विज्ञापन
Advertisement

काठमाडौं। अमेरिकी जीवन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा घटेको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४६.०९ प्रतिशतले घटेको हो । नाफामा गिरावट आए पनि कम्पनीको बीमाशुल्क आर्जनमा भने सुधार देखिएको छ। चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन १२.१९ प्रतिशतले बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.९६ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको असोजसम्म कम्पनीले १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार पनि विस्तार भएको छ। असोज मसान्तसम्म जीवन बीमा कोषमा ३४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ। गत आवको सोही अवधिमा यस्तो कोषमा ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा जीवन बीमा कोष १२.३५ प्रतिशतले बढेको हो । यस्तै, चालु आवको पहिलो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ६५ करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको असार मसान्तमा यस्तो कोषमा ६४ करोड ९९ लाख रुपैयाँ थियो ।

कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको असार मसान्तमा यस्तो रकम २ अर्ब ५९ करोड १८ लाख रुपैयाँ थियो । त्यसैगरी, अन्य इक्विटी १ अर्ब ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो असार मसान्तमा अन्य इक्विटी १ अर्ब ३२ करोड ५ लाख रुपैयाँ रहेको थियो ।समीक्षा अवधिमा मेटलाइफको बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा दोहोरो अंकको वृद्धि देखिए पनि खुद नाफामा भने उल्लेख्य रुपमा संकुचित बनेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit