काठमाडौं । सिटिजन्स बैंकले देशभर रहेका शाखा कार्यालयमार्फत ग्लोबल मनि विकको अवसरमा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले ‘थिंक बिफोर यू फलो, वाइज मनि टूमरो’ भन्ने मूल नाराका साथ चैत्र ४ गते देखि १० गते सम्म संचालन भएको ग्लोबल मनि विकमा बैंक अन्तर्गत ७ वटै प्रदेशका अफ्ना ४९ शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरको जनाएको छ ।
बैंकले कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूरमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस्तै, बाग्मती प्रदेशको भरतपुर, भैंसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुलीमा कार्यक्रमहरु भएका छन् ।
गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवामा कार्यक्रम आयोजना हुँदा लुम्बिनीको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर तथा कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा कार्यक्रम गरेको बैंकले जनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको उल्लेख छ ।
बैंकले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरताको आवश्यकता र महत्व र त्यसको प्रयोग सँगै पैसाको महत्व, बचत, लगानी, ऋणलगायतका बैंकिङ विषयका बारेमा जानकारी दिइएको जनाएको छ। यस्तै, विद्युतीय बैंकिङ कारोबारका फाइद, त्यसले बढाएको पराध जोखिमको बारेमा समेत जानकारी गराईएको थियो ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्