काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मंगलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले अमेरिकाले लगाएको करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाए ।
टोकियो वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । जापानका विशेषगरी अटो कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।
ट्रम्पले बुधबार (भोली) कुन देशमा कुन–कुन कर लगाउने भन्ने घोषणा गर्दैछन् । ट्रम्पको निशानामा सबै व्यापारिक साझेदारहरू रहेको उनले चेतावनी नै दिएका छन् । उनले अप्रिल ३ देखि संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने निश्चित छ ।
इसिबाले मंगलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा भन् केही खुलाएका छैनन् तर, उनले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने जानकरी दिए ।
अहिले तत्काल व्यापारिलाई सहयोग गर्नका लागि एक हजार परामर्श डेस्क खोल्नुका अतिरिक्त उनले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न सक्दो प्रयास गर्ने बताएका छन् ।
“जापान अमेरिकाका लागि सबैभन्दा ठूलो लगानीकर्ता हो । यसलाई ध्यानमा राख्दै हामी जापानको छुटका लागि कडा आह्वान गर्न जारी राख्नेछौँ”, उनले पत्रकार सम्मेलनमा भने, “यदि मैले आफैँ (संयुक्त राज्य अमेरिका) भ्रमण गर्नु आवश्यक ठानिएको छ भने, म त्यसो गर्न हिचकिचाउँदिनँ ।”
शुक्रबार प्रधानमन्त्री इसिबाले कार र पार्ट्समा २५ प्रतिशत कर घोषणा गरिएपछि ट्रम्पको करसम्बन्धी विचारहरू ‘बुझ्न कठिन’ भएको बताएका थिए ।
“राष्ट्रपति ट्रम्पले त्यहाँ साथी र शत्रु दुवै छन् र साथीहरू अझ कठिन हुन सक्छन् भनिरहनुभएको छ । यो बुझ्न धेरै कठिन छ”, इसिबाले एक संसदीय बैठकमा भनेका छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्