Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारले शिक्षकको अपमान गर्‍यो, नेतृत्वमा बस्ने हैसियत गुमायो : प्रचण्ड

सरकारले शिक्षकको अपमान गर्‍यो, नेतृत्वमा बस्ने हैसियत गुमायो : प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्ट पार्टीहरू एकबद्ध गर्ने कुराबाट आफू पछि नहटेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी एकताको प्रस्ताव अघि सारेपछि अवसरवाद र व्यक्तिवादका कारण त्यो सफल हुन नसकेको बताए । तर, प्रचण्डले कम्युनिस्ट पार्टीहरूलाई एकबद्ध गर्ने क्रममा आफू नथाकेको उल्लेख गर्दै एकता गरेरै छाड्नेमा जोड दिए । उनले भने, ‘हामी त्यसबाट थाकेका छैनौं । आत्तिएका पनि छैनौं । कम्युनिस्ट आन्दोलनको एकता छाडेका पनि छैनौं । छाड्दा पनि छाड्दैनौं ।’

प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको भन्दै माओवादी सधैं उठ्ने बताए । ‘सच्चा कम्युनिस्टलाई एकताबद्ध गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो।’

यस्तै उनले सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको टिप्पणी गरे । एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको उल्लेख गर्दै प्रचण्डले सरकार भ्रण्टाचारीको रक्षा गर्नमा केन्द्रित भएको आरोप लगाए ।

उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, पारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, राम्रो गर्नलाई निकाल्ने र नराम्रो गर्नेलाई रक्षा गर्छ।’ उनले थप भने, ‘यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमायो, सडकमा दिन दिनै आन्दोलन भइरहेको छ।’

सरकारले शिक्षकहरूलाई अपमान गरेको भन्दै उनले त्यो लाजमर्दो भएको बताए । ‘सरकार शिक्षकप्रति गम्भीर भएन, उनीहरूलाई गाली गर्ने, अपमान गर्ने गर्‍यो, यो भन्दा लाजमर्दो के हुन्छ? सरकार गम्भीर होस, तत्काल वार्ता संवाद गरेर माग पूरा होस ।’

यस्तै उनले पटक–पटक सरकारद्वारा शिक्षकहरुसँग गरेको सम्झौता कार्यान्वयन नभएको उल्लेख गर्दै शिक्षकहरुलाई आन्दोनलाई निरन्तरता दिन अपिल गरे । ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक–पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ,’ प्रचण्डले भने, ‘यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । तपाईंहरुको अझै धेरै छ ।’

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit