काठमाडौं । सांसदहरूले सदनमा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी र प्रतिपक्षी दलहरुले उठेर विरोध गरेका थिए। सभामुख अर्यालले सदन सञ्चालन गर्न सांसदहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।
सभामुख अर्यालले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ । तर, प्रधानमन्त्री शाह सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएको भन्दै यसअघि पनि प्रतिनिधिसभा बैठकमा विरोध हुँदै आएको थियो ।
सोमबारको बैठकमा भने सभामुखले यही व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्। उनले भने,‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई म निर्देश गर्दछु।’















प्रतिक्रिया दिनुहोस्