Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

११ महिनामा निजी क्षेत्रमा ३४० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह, कृषि क्षेत्रमा भने लगानी घट्यो

११ महिनामा निजी क्षेत्रमा ३४० अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह, कृषि क्षेत्रमा भने लगानी घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८२\०८३ को पहिलो ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ ३४० अर्ब ५७ करोड रुपैयाँ थप कर्जा प्रवाह भएसँगै कुल कर्जा ५८ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशत अर्थात् ४०७ अर्ब ६२ करोड रुपैयाँले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

जेठ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये ६२.६ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्र र ३७.४ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा गएको छ। अघिल्लो वर्ष यही अवधिमा यो अनुपात क्रमशः ६३ प्रतिशत र ३७ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको ५।६ प्रतिशत र वित्त कम्पनीहरूको ३।९ प्रतिशतले वृद्धि भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये ६३.६ प्रतिशत घरजग्गा धितोको आधारमा प्रवाह भएको छ भने १४.७ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा आधारित रहेको छ। अघिल्लो वर्ष घरजग्गा धितोमा आधारित कर्जाको हिस्सा ६५ प्रतिशत रहेको थियो।

क्षेत्रगत रूपमा हेर्दा निर्माण क्षेत्रमा कर्जा प्रवाह सबैभन्दा धेरै १५.१ प्रतिशतले बढेको छ। त्यसपछि उपभोग्य क्षेत्रमा १३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १२।५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रमा ४ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ०.६ प्रतिशतले कर्जा वृद्धि भएको छ।

यद्यपि, कृषि क्षेत्रमा प्रवाहित कर्जा भने २.४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

कर्जाको प्रकृतिअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा सबैभन्दा धेरै ३६.७ प्रतिशतले बढेको छ। त्यसपछि मार्जिन प्रकृतिको कर्जा १५.८ प्रतिशत, हायर पर्चेज कर्जा १०.३ प्रतिशत, रियल स्टेट (व्यक्तिगत आवासीय घर कर्जासहित) ६.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.८ प्रतिशत र आवधिक कर्जा ४.३ प्रतिशतले वृद्धि भएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit