काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित होटेल मार्कोपोलोमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा रूम चार्जमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
हालै बैंकले ललितपुरस्थित होटल मार्कोपोलोमा खाना सेवामा १२ प्रतिशत सम्मको छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यसअघि बैंकले काठमाडौंस्थित भ्यु ३६० डिग्री रिसोर्ट, ललितपुरकै पाराडाइस हिल्समा पनि बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
बैंकले आगामी दिनमा संस्थागत प्रतिवद्धता र जिम्मेवारीलाई ध्यान दिँदै परिवर्तनको ज्योति बन्ने अठोट प्रति सदैभ काम गर्ने जनाएको छ । यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्