images images images
images images images
images
images
images

तीन साताका लागि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक 

images
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत आज उक्त रकम उठाउन लागेको हो। राष्ट्र बैंकले २१ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
बैंकले दिउँसो ३ बजेलाई बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । बैंकले सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते दिने जनाएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्