काठमाडौं। नबिल बैंक लिमिटेडले ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन माग गरेको छ ।
उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान दिन चाहने १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म नबिल एसएसईमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीका अनुसार यो वर्षदेखि नबिल एसएसई कार्यक्रम गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको छ । ज्ञवालीले सामाजिक उद्यमीको सशक्तीकरण देशको विकासका लागि प्रभावकारी माध्यम बनेको बताएका छन् ।
नबिल एसएसईअन्तर्गत छ महिना अवधिको यो फेलोसिप कोर्स (छैटौँ समूह) र तीन महिना अवधिको सर्टिफिकेट कोर्स सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित फेलोसिप कोर्स स्टार्टअप र नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीलाई लक्षित गरिएको बैंकले जनाएको छ ।
उक्त कोर्स सातवटै प्रदेशमा विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालित छ । सहभाति हुन चाहनेले नबिल बैंकको वेबसाइट र सोसल मिडियामार्फत आवेदन दिन सकिनेछ । दिगो विकासमा योगदान दिनुका साथै उद्यमशीलतालाई सुदृढ गर्न बैंकले सञ्चालन गरेको यो कोर्सबाट हालसम्म १७ हजारभन्दा बढी रोजगारी सिर्जना गर्न सहयोग पुगेको बैंकको भनाइ छ ।

















प्रतिक्रिया दिनुहोस्