Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सरकारद्वारा जेनजी आन्दोलनका मृतकमध्ये ४५ जनालाई शहीद घोषणा

सरकारद्वारा जेनजी आन्दोलनका मृतकमध्ये ४५ जनालाई शहीद घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएके जेनजी आन्दोलनका मृतकमध्ये ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका मध्ये ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार अन्यको हकमा भने निणर्य हुन बाँकी छ ।

उनले भने,‘सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखि जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ, अन्य थपको पनि अध्ययन हुँदैछ ।’

जेनजी आन्लोलनका क्रममा प्रर्दशनमा उत्रिएका नागरिकसँगै जेलबाट भागेका कैदीबन्दी लगायत कूल ७४ जनाको ज्यान गएको थियो । त्यस्तै सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको खरेलले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit