Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

लक्ष्मी सनराइज बैंकको तीन महिनामा ३३ करोड २३ लाख नाफामा,प्रतिसेयर नेटवर्थ कति?

लक्ष्मी सनराइज बैंकको तीन महिनामा ३३ करोड २३ लाख नाफामा,प्रतिसेयर नेटवर्थ कति?
विज्ञापन
Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०४ प्रतिशतले कम हो । गत आवको सोही अवधिको बैंकको नाफा ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेर २ अर्ब ७१ करोड ५१ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँबाट घटेर ४३ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको छ । वितरणयोग्य नाफा २ अर्ब ६२ करोड ३७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

२४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ४ करोड ४८ लाख रुपैयाँ छ । ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ रहेको छ भने प्रति सेयर आम्दानी ५।४६ रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit