images images images
images images images
images
images
images

बुटवल र विराटनगरका डिलर शो–रुम एक महिनाभित्र सञ्चालनमा आउँछन् : एलआरआर मोटर्स

images

काठमाडौं । जिली ईएक्स फाइभको नेपालका लागि आधिकारीक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारलाई बढाउने भएको छ । कम्पनीले सार्वजनिक गरेको विस्तार योजना अनुसार आगामी एक वर्षभित्र नेपालभरी १४ वटा डिलर नियुक्त गर्ने उःल्लेख छ ।

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशिप शो–रुम स्थापना गर्ने कम्पनीको योजनाले जिली ईएक्स फाइभ मोडेलप्रति उपभोक्ताको आकर्षण समेत बढाउने कम्पनीको धारणा छ । साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको दृढ प्रतिबद्धतालाई पनि झल्काएको कम्पनीले जनाएको छ ।

images
images

ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उदेश्य बोकेर योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिलोमध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने यात्राको थालनी गराएको जनाएको छ । कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका छन् । तिनका शो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने कम्पनीको भनाइ छ ।

यी नयाँ शोरुमहरुले जिलीको विश्वव्यापी मापदण्डअनुरुप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ्ग सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने छन् । ‘सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली ईएक्स फाइभ प¥याउने उद्देश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हांै,’ एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाहीले भने, ‘हामीलाई विश्वास छ कि विराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।’

नेपालमा भित्रिएको छोटो समयमै जिली ईएक्स फाइभले नेपाली ईभि पारखीहरुको मन जितिसकेको कम्पनीको भनाइ छ । एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो । ‘हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली EX5 बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,’ शाहीले थपे ।

images
images

प्रतिक्रिया दिनुहोस्