images images images
images images images
images
images
images

मेरोअटो राइडको तेस्रो संस्करण : धुलिखेल– खरिढुंगा राइड शुक्रबारदेखि

images

काठमाडौं । मेरोअटो राइड विथ प्रोफेसनलको तेस्रो संस्करण शुक्रबारदेखि सुरू हुने भएको छ । अटोमोटिभ्स प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको राइडको तेस्रो संस्करण यही मंसिर ५ गते काठमाडौंदेखि दोलखाको खरिढुंगासम्म आयोजना हुन लागेको हो ।

अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेका अनुसार शुक्रबार बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपबाट सुरू हुने राइड धुलिखेल–पाँचखाल–दोलालघाट–खाडीचौर–मुडे हुँदै खरिढुंगा पुगेर समापन हुनेछ ।

images
images

गजुरेलका अनुसार राइड मार्फत चर्चामा नआएका आन्तरिक पर्यटन प्रबद्र्धन गर्नु हो । ‘यसको मुख्य उद्देश्य भनेको कर्पोरेट क्षेत्रमा काम गर्ने प्रोफसनहरूलाई समेटी राइड मार्फत खासै चर्चामा नआएका पर्यटकीय गन्तव्यहरू प्रबद्र्धन गर्नु हो,’ गजुरेलले भने । आगामी वर्षहरूमा पनि राइडलाई निरन्तरता दिइने उनको भनाइ छ ।

राइडका दौरान विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि समेत हुने उनले बताए । राइडको ‘सपोर्टेड बाइ’मा रोयल इनफिल्ड, हिरो, बजाज, यामाहा, टीभीएस र होण्डा मोटरसाइकल रहेको आयोजकले जानकारी दिएको छ । हेल्मेट पार्टनर श्री अम्बा ग्रुप अन्तर्गतको हेड्ज हेल्मेट रहेको छ । त्यस्तै, हस्पिटालिटी पार्टनरमा धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) रहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्