Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंकले घट्यो, झन्डै साढे तीन अर्बको कारोबार

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंकले घट्यो, झन्डै साढे तीन अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६ सय ७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ।

आज बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ। बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमार्फत ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। ७७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्रीमा उक्त कारोबार भएको हो ।

बिहीबारको कारोबारमा दुई वटा कम्पनीको स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर यस दिन उच्च वृद्धि दर्ता गर्दै सकारात्मक सर्किटमा कारोबार भएका हुन् ।

यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढ्यो भने श्रीनगर एग्रीटेकको शेयर मूल्य पनि करिब ६ प्रतिशतले उक्लिएको छ। विपरीत रूपमा, बजारमा उच्च कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले घट्दै दिनको सर्वाधिक गिरावटमा पर्यो।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । कम्पनीका १८ करोड ९७ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएका छन् । दोस्रो स्थानमा श्रीनगर एग्रीटेक इन्डस्ट्रीज प¥यो, जसका करिब साढे १२ करोड रुपैयाँबराबरका शेयर किनबेच भए ।

१३ मध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहमा गिरावट आएको छ । बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहहरूमा सामान्य सुधार देखिएको छ, जबकि अन्य उपसमूहहरूमा दबाब जारी रह्यो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit