काठमाडौं । सिएफमोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल परिक्षण सुरु भएको छ । नेपालमा बढ्दै गएको एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टमा नयाँ मोडल छिट्टै सार्वजनिक गर्नेगरी सिएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअलको परिक्षण गरिरहेको जनाएको हो ।
सो नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई शहरी यात्रादेखि अफ–रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने कम्पनीको विश्वास छ। नयाँ मोटरसाइकललाई सिएफमोटोले मजबुत अफ–रोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ। नेपालको भौगोलिक बनावटलाई विशेष ध्यानमा राखेर उक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ ।
डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ विशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ। अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड उपलब्ध गराइएको बताइएको छ । यस्तै, बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्याङ्कसँग
जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ ।
इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबार गरिएको छ भने प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको कम्पनीले जनाएको छ । एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउने अपेक्षा गरिएको छ
।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्