काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कम्पनीले बालबालिकाको स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आवश्यक पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ। सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले केआईओसीएचका अध्यक्ष भगवान कोइरालालाई एक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरेका हुन् ।
बालबालिकाको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको केआईओसीएच हाल नेपालमा आधुनिक बहु–विशेषज्ञ बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ। संस्थाले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक क्षेत्रमा विशेष प्राथमिकता दिएको छ।
रिलायबल नेपाल लाइफले यस सहयोगमार्फत भविष्यमा हजारौं बालबालिका र परिवार लाभान्वित हुने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्