Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

इक्यानको अध्यक्षमा लक्ष्मण (एन्ड्रयु) पौडेल निर्वाचित,कसकसले जिते?

इक्यानको अध्यक्षमा लक्ष्मण (एन्ड्रयु) पौडेल निर्वाचित,कसकसले जिते?
विज्ञापन
Advertisement

काठमाडौं। शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार काठमाडौँमा सम्पन्न इक्यानको २०औँ साधारणसभा तथा निर्वाचनले आगामी दुई वर्षका लागि एन्ड्रयुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा एन्ड्रयुले दीपकराज भुसाललाई पराजित गर्दै बहुमतसहित जीत हासिल गरे। यद्यपि महासचिव पदमा भने भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा बासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता शिवाकोटी निर्वाचित भएका छन्। बासुदेव दाहाल र गीता शिवाकोटी एन्ड्रयु समूहका हुन् भने विकल्पराज पोखरेल भुसाल समूहबाट निर्वाचित भएका हुन्। कोषाध्यक्षमा साधना पुडासैनी निर्वाचित भएकी छन्, जो एन्ड्रयु समूहकै प्रतिनिधि हुन्।

त्यसैगरी सचिवमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन् भने सह–कोषाध्यक्षमा गोविन्द खनाल चयन भएका छन्। सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण (एन्ड्रयु) पौडेलले इक्यानलाई अझ व्यावसायिक, पारदर्शी र सदस्य–मैत्री संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन काम गर्ने बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit