Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री आवेदन खुला

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बिक्री आवेदन खुला
विज्ञापन
Advertisement

काठमाण्डौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस १६ गते कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

सो स्वीकृतिअनुसार पहिलो चरणमा सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रअन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका सम्पूर्ण वडा (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालिचौर, श्रीमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविसका सबै वडा) तथा आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाकै ढोरपाटन नगरपालिका वडा नम्बर २ (साविक बुर्तिवाङ गाविसका वडा नम्बर २, ३, ४ र ५० का स्थानीय बासिन्दालाई शेयर बिक्री गरिनेछ ।

यस्तै, बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म शेयरका लागि आवेदन दिन पाउनेछन् । यो आईपीओ निष्कासन छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते आवेदन बन्द हुने तालिका रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, ग्लोबल आइएमई बैंक बुर्तिवाङ, ग्लोबल आइएमई बैंक बागलुङ बजार, प्रभु बैंक ग्वालीचौर बागलुङ, गरिमा विकास बैंक बुर्तिवाङ तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले भने धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit