उदयपुर । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा सञ्चालन गरिएको तीन दिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८२ माघ १३ गते मंगलबारदेखि १५ गते बिहीबारसम्म सञ्चालन भएको उक्त तालिममा विभिन्न जिल्लाबाट सहभागीहरूको उपस्थिति रहेको थियो।
कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा इन्सुरेन्स कम्पनीका प्रतिनिधिहरूसहित विभिन्न क्षेत्रका सहभागीहरूले सक्रिय सहभागिता जनाएका थिए।
तालिममा १५ जना सहभागीहरूले सहभागिता जनाई सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रमको सञ्चालन उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए ।
अभिकर्ता तालिम प्राप्त गरेपछि अभिकर्ताहरूले कृषकहरूसम्म पुगेर बीमाको पहुँच विस्तार गर्ने तथा कृषकहरूलाई अधिकतम सुरक्षण प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीका अनुसार यस प्रकारका तालिमले कृषि बीमाको दायरा विस्तार हुनुका साथै कृषकहरूमा जोखिम व्यवस्थापनबारे सचेतना वृद्धि हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्