Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

विमानस्थलमै एउटा इन्जिन फेल भएको टर्किसको वाइड बडी जहाज कोलकतामा अवतरण

विमानस्थलमै एउटा इन्जिन फेल भएको टर्किसको वाइड बडी जहाज कोलकतामा अवतरण
विज्ञापन
Advertisement

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि दुई सय बढी यात्रु बोकेर उडान भरेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो करिब साढे १ बजे उडान भरेको टर्किसको ‘टीएचवाई ७२७’ जहाज उडेको ४ मिनेटमा नै दायाँ इन्जिनमा आगलागी भएको हो । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार जहाजको इन्जिनमा लागेको आगो विमानस्थलमै नियन्त्रणमा लिइएको थियो । करिब १२ मिनेट जहाज होल्ड भएपछि चालकदलको अनुरोधमा जहाजलाई भारतको कोलकाता डाइभर्ट गरिएको हो ।

उक्त वाइड बडी जहाजमा २ सय २५ जना यात्रु सवार थिए । जहाजको चालक दलबाट इन्जिनमा आगलागी भएको खबर पाउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो। टर्किसको उक्त जहाज कोलकतामा सुरक्षित अवतरण भएको बताइएको छभने विमानस्थल सामान्य अवस्थामा सञ्चालन भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit