Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सातादिनपछि २७ सय विन्दुमै फर्कियो नेप्से, बढ्यो कारोबार

सातादिनपछि २७ सय विन्दुमै फर्कियो नेप्से, बढ्यो कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २७.१९ अंकले बढेर २ हजार ७०८.७० विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको हो। अघिल्लो साता २७ विन्दुबाट एक तह झरेर २६ विन्दुमा रहेको बजार सातादिनको कारोबारपछि पुन: एक तह माथिल्लो विन्दुमा उक्लिएको हो। नेप्से सूचक बढेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन नेप्से परिसूचक घट्दा कारोबार रकम पनि घटेको थियो।

विज्ञापन
Advertisement
Advertisement

तर, आज बजार बढेसँगै लगानीकर्ताहरु प्रोफिट बुकगर्ने होडले कारोबा रकम बढ्न पुगेको देखिन्छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२६ कम्पनीको ३ करोड ५५ लाख कित्ता शेयर किनबेचहुँदा ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार भएको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा युनियन हाइड्रो पावर,राधि विद्युत कम्पनी,एसवाई प्यानेल नेपाल, आखुँ खोला जलविद्युत कम्पनीको ४० करोड रुपैयाँदेखि ५८ करोड रुपैयाँसम्मको शेयर कारोबार भएको छ।

दोहोरो अंकले बढेको बजारमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो पावर, मोदी इनर्जी,रिडी पावर कम्पनी, खानीखोला हाइड्रो पावर कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बढेको बजारमा सुपर मादी हाइड्रो पावर,मेगा मल्टिपल फण्ड,माया खोला हाइड्रो पावर कम्पनी,पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ३.३८ प्रतिशतदेखि ९.९८ प्रतिशतले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit