Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

५० लाख लगानीमा ‘तुफानी पीजा रेष्टुरेन्ट’ सञ्चालनमा

५० लाख लगानीमा ‘तुफानी पीजा रेष्टुरेन्ट’ सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । बानेश्वरमा ‘तुफानी पीजा रेष्टुरेन्ट सञ्चालनमा ल्याइने भएको छ। लामो समयदेखि रेष्टुरेन्ट क्षेत्र तथा व्यवासयिक क्षेत्रमा कार्यरत युवाहरुले माघ २८ गतेदेखि बानेश्वरको ‘के एण्ड के इन्टरनेशनल’ कलेजसँगै तुफानी पीजा सञ्चालनमा ल्याउन लागेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

तुफानी पीजामा नेपाली स्वादको पीजासहित वर्गर, तुफानी फ्राइड चिकेन (टीएफसी) तुफानी र्‍याप, एक्प्रेशो बेसका अर्गानिक कफी र विभिन्न फ्रेस जुसहरु पाइने सञ्चालक माधवकुमार नेपालले जानकारी दिए ।

तुफानी पीजाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलमा समेत शाखाहरु बिस्तार गर्ने योजना बनाएको पनि उनले जानकारी दिए । बानेश्वर रेष्टुरेन्टमा सेन्टल किचन रहने र अन्य ठाउँमा पनि तुफानी स्वादका परिकारहरु पाइने नेपालको भनाइ छ । रेष्टुरेन्ट करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याउन लागिएको हो । ‘हाम्रो टिममा नेपाली स्वादको फुड स्पेशलिष्ट, सर्भिस सेक्टरमा लामो समय काम गरेको र फाइनान्स क्षेत्रमा काम गरेका अनुभवी साथी छौं,’ नेपालले भने ।

रेष्टुरेन्टमा चार्टर्ड एकाउण्टेन्ट समेत रहेका पर्वतका टिका कार्की, नुवाकोटका माधव नेपाल र काभ्रे मनमोहन रिमालले संयुक्त लगानी रहेको छ । विभिन्न क्षेत्रमा लगानी गरेका कार्कीले रेष्टुरेन्टमार्फत पनि सेवा गर्ने योजना बनाएको सुनाए । ‘हाम्रो धेरै क्षेत्रमा लगानी छ। देशमै लगानीको सम्भावना छ भन्ने भएर पनि रेष्टुरेन्टमा सोच गरेको हो‘ उनले भने,’बानेश्वर क्षेत्रमा यो किसिमको स्वादको पीजा नपाइने भएकाले पनि यही क्षेत्र रोजेका हौं ।’ चार्टर्ड एकाउण्टेन्ट समेत रहेका कार्कीले थप भने, ‘बानेश्वरमा धेरै कर्पोरेट अफिस, कन्सल्टेन्सी र कलेजहरु छन्,’ उनले भने, ‘हामीले विद्यार्थी र अफिसहरुमा काम गर्ने कर्मचारीलाई केन्द्रित गरेर रेष्टुरेन्ट खोलेका हौं ।‘

तुफानी पीजाका परिकारहरु अनलाइनमार्फत फुडमाण्डु, पठाओ र आफ्नै वेवसाइ, सोसल मिडियाबाट पनि अर्डर गर्न सकिने कार्कीले जानकारी दिए । उनले २०६९ मा संगम खाजाघरबाट काम थालेका कार्कीसँग होटल भ्यु पोइन्ट, रेड डाइमन्ड र बर्गर हाउस, स्याङ्को कट्टिरोल समेत चलाएको अनुभव छ । उनीहरुकै टिमले काठमाडौंका विभिन्न १३ स्थानमा स्याङ्को कट्टिरोल फ्रेन्चाइज आउटलेटहरू समेत सञ्चालन गर्दै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit