Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सव सम्पन्न

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सव सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १३औँ स्थापना दिवस तथा वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वमन्त्री तथा महासंघका सल्लाहकार डा. राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महासंघको विगत यात्रा, वर्तमान उपलब्धि, आभूषण व्यवसायसँग सम्बन्धित समस्या, चुनौती तथा भावी योजनाबारे व्यापक विचार–विमर्श गरिएको थियो ।

कार्यक्रममा महासंघका संस्थापक सदस्य, सल्लाहकार, विशिष्ट व्यक्तित्व तथा पूर्व कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा केक काट्दै उत्साहपूर्वक वार्षिकोत्सव मनाइएको महासंघले जनाएको छ ।

यसै अवसरमा महासंघ र आर्थिक पत्रकार समाज (सेजन) बीचको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले सेजन कार्यसमितिको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा आभूषण व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्दै आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit