Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख ३२ हजार आवेदकले पाए १० कित्ता

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख ३२ हजार आवेदकले पाए १० कित्ता
विज्ञापन
Advertisement

काठमाडौं । होटल फरेष्ट इन लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आईपीओ बाँडफाँड सम्पन्न भएको जानकारी दिएको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। निष्काशित शेयरमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। यी शेयर बाँडफाँडपछि बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि माघ २२ गतेदेखि माघ २६ गतेसम्म (छिटो बन्द) बिक्री खुला गरिएको थियो। माग अत्यधिक परेपछि निर्धारित समयअघि नै माघ २६ गते बिक्री बन्द गरिएको थियो।

आईपीओमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन परेको थियो। सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न कारण देखाउँदै २ लाख ५५ हजार ९७५ आवेदकका ३८ लाख २१ हजार ५०० कित्ताका आवेदन रद्द गरेका थिए। त्यसपछि २४ लाख ४ हजार ४७७ आवेदकबाट २ करोड ६१ लाख ५७ हजार ३६० कित्ताका लागि अन्तिम आवेदन कायम भएको थियो।

निष्काशन तथा बिक्री प्रबन्धकले आवेदन रुजु गर्दा ३ हजार २९३ जनाका ३६ हजार २५० कित्ताका दोहोरो आवेदन, २९ हजार ३६० जनाका ३ लाख ६६ हजार ६२० कित्ताका (वैदेशिक रोजगारी कोटामा आवेदन गरिसकेका) आवेदन तथा ५०९ संस्थापक शेयरधनीका ८ हजार ७९० कित्ताका आवेदनसमेत गरी कुल ३३ हजार १६२ आवेदकका ४ लाख ११ हजार ६६० कित्ता आवेदन रद्द गरेको थियो।

अन्ततः २३ लाख ७१ हजार ३१५ योग्य आवेदकबाट २ करोड ५७ लाख ४५ हजार ७०० कित्ताका लागि आवेदन परेको थियो, जुन उपलब्ध शेयरभन्दा करिब ७।७५ गुणा बढी हो। गोलाप्रथामार्फत १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिएका मध्ये ३ लाख ३२ हजार जना आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। यसरी कुल ३३ लाख २० हजार कित्ता शेयर बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ।

बाँडफाँड कार्यक्रम निष्काशनकर्ता कम्पनी, बिक्री प्रबन्धक, नियामक निकायका प्रतिनिधि तथा प्रोफेशनल कम्प्युटर सिस्टम प्रा।लि।का प्रतिनिधि र सर्वसाधारण लगानीकर्ताको उपस्थितिमा सम्पन्न भएको थियो।

आईपीओ बाँडफाँडको नतिजा बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड को वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit