Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

वाणिज्य बैंकहरूले घटाए जेठ महिनाको ब्याजदर, मुद्दती निक्षेपको औसत दर ४.३४ प्रतिशतमा झर्यो

वाणिज्य बैंकहरूले घटाए जेठ महिनाको ब्याजदर, मुद्दती निक्षेपको औसत दर ४.३४ प्रतिशतमा झर्यो
विज्ञापन
Advertisement

काठमाडौं। अधिकांश वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरूले सार्वजनिक गरेको नयाँ दर अनुसार निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको हो।

विज्ञापन
Advertisement
Advertisement

वैशाखमा औसत ४.४२ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेप जेठमा ०.०७ प्रतिशतले घटेर ४.३४ प्रतिशत कायम भएको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेप वैशाखको औसत ३.२३ प्रतिशतबाट ०.०३ प्रतिशतले घट्दै जेठमा ३.२० प्रतिशतमा झरेको छ ।

कुन बैंकको अवस्था कस्तो ?
जेठ महिनाका लागि ८ वटा बैंकले ब्याजदर घटाएका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा एनएमबि बैंक, एनआईसी एशिया, नेपाल बैंक, हिमालयन बैंक रहेको छ । यस्तै, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि ब्याजदर घटाएका छन् ।

नबिल बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), सानिमा, एभरेष्ट, प्रभु, प्राइम, कृषि विकास बैंक लगायत १३ बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । एनएमबि बैंकले सबैभन्दा बढी ४.८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ, जुन वैशाखको तुलनामा ०.१ प्रतिशत कम हो । सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ प्रतिशत कायम गरेको छ ।

अहिले बैंकहरूमा निक्षेप संकलनको अनुपातमा कर्जाको माग अत्यन्तै न्यून छ। कर्जा प्रवाह हुन नसक्दा बैंकहरूमा पैसा थुप्रिएको र यसले सञ्चालन लागत बढाएकाले ब्याजदर थप घटाउनुपरेको बैंकहरुको तर्क छ ।

निक्षेपको लागत घटेसँगै बैंकहरूको आधार दरपनि घट्नेछ, जसले आगामी दिनमा ऋणको ब्याजदर अझ सस्तो बनाउन मद्दत पुग्ने देखिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit