Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

प्रिजनर्स असिस्टेन्स नेपाललाई काठमाडौं मेरियटको आर्थिक सहयोग

प्रिजनर्स असिस्टेन्स नेपाललाई काठमाडौं मेरियटको आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं मेरियट होटलले साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई आर्थिक सहयोग प्रदान गरेको छ। एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालित यस होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद सहयोग र भोजन वितरण गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा आयोजित एक कार्यक्रमका बीच मेरियट होटलले संस्थाको दैनिक सञ्चालन र व्यवस्थापनमा सहयोग पुर्‍याउन हेतु १ लाख रुपैयाँ प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी होटलले संस्थामा आश्रित २०० बालबालिकाका लागि पोषणयुक्त भोजनको व्यवस्था गरेको समेत जनाएको छ। कार्यक्रममा एभरेस्ट हस्पिटालिटीका सञ्चालक, होटलका प्रतिनिधि र संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा काठमाडौं मेरियट होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले संस्थामा आश्रिम बालबालिकाको राम्रो भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार वास्तविक हस्पिटालिटी होटलको कोठा र सेवामा मात्र सीमित नभई समुदायप्रतिको जिम्मेवारीमा पनि झल्कनुपर्छ। उक्त जिम्मेवारी सबैको भएको उनको भनजाइ छ। ‘कुनै पनि बालबालिकाले आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण पीडा भोग्न नपरोस्। यी बालबालिकालाई सम्मान, हेरचाह र राम्रो भविष्यको आशासहित हुर्कने वातावरण सुनिश्चित गर्नु हामी सबैको जिम्मेवारी ह,’ अग्रवालले भने ।

‘प्रिजनर्स असिस्टेन्स नेपाल’ विशेषगरी कारागारमा रहेका अभिभावकका बालबालिकाहरूको पालनपोषण, शिक्षा र पूर्ण हेरचाहका लागि स्थापित संस्था हो। यो संस्थाले बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नुका साथै कारागारलाई सुधार गृहका रूपमा विकास गर्न वकालत गर्दै आएको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit